संस्थाको परिचय


नेपाल करदाता सेवा समाज करदाताहरुको हक हित र दायित्वको बारेमा विभिन्न कार्य गर्नकोलागि गैर सरकारी संस्थाको रुपमा दर्ता भई कार्य गर्दै आईरहेको संस्था हो । राज्यको मुख्य आय श्रोेत भनेको करदाताले तिर्ने राजश्व हो । करदाताले राज्यलाई बुझाउने करको सरकारी खर्च पुरागर्न तथा सार्वजनिक हितका कार्यहरुमा आमजनताको समग्र हितमाहुनेगरी खर्च  गरिन्छ । राज्यलाई करतिर्नु हरेक व्यक्तिको दायित्व हो । नागरिकहरुले सम्मान पूर्वक स्वतन्त्ररुपमा आर्थिक क्रियाकलापहरुमा प्रतिस्पर्धात्मक रुपमा समान किसिमले सहभागि हुने हक राख्दछन् । करका नियमहरु बहुअर्थ नलाग्ने र करदाताले सजिलै बुझ्नेखालको हुनुपर्दछ । करको लागत न्युन हुनुपर्दछ राज्यले प्रदान गर्ने सेवाहरु करदाता मैत्रि हुनुपर्दछ । करदाताको उच्च सहभागिताकोलागि करका कानूनहरु करदातामैत्रि हुनुपर्दछ र समयसापेक्ष परिमार्जन गर्नुपर्दछ । करदाताले राज्यलाई कर तिरेपछि गर्वको विषय बन्ने गरी विद्दमान कानूनहरुमा व्यवस्था हुनुपर्दछ । करदाताले ईज्जतपूर्ण तरिकाबाट करतिर्ने अधिकार राख्दछ । करदाताले तिरेको कर राज्यले कसरि उपयोग गरिरहेको छ भन्ने कुरा जान्ने हक हरेक करदाताले राख्दछ । तसर्थ आम नागरिकहरुलाई देशको विद्यमान करसम्बन्धि नीतिनियमहरुको जानकारी गराई करतिर्नको लागि अभिप्रेरित गर्ने र राज्यको ढुकुटीमा बढी भन्दा बढी राजश्व संकलन गर्न र करदाताको उच्च सहभागिताको लागि आवश्यक तालिम, सेमिनार, गाष्ठी संचालन गर्ने तथा करदाताले आयआर्जनमुलक कार्यमा स्वतन्त्ररुपमा समानरुपले सहभागि हुन पाउने र सम्मानपूर्वक बाच्नपाउने अधिकार सुनिश्चित गर्ने मुख्य लक्ष रहेको यस संस्थामा संगठित रुपले सेवामा संलग्न रहन संस्था दर्ता ऐन २०३४ को अधिनमा रही देशका वरिष्ठ करदाता, बुद्धिजिवी, विज्ञ र सामाजिक जिवनका महत्वपूर्ण व्यक्तित्वहरुको सहयोग र सल्लाहामा यो संस्था संचालित छ ।